संस्कृति

यस थारु समाजमा लगभग महिला र पुरूषको समान हैसियत हुन्छ। कुनै परिवार महिलाको नेतृत्वमा चल्दछ भने कुनै परिवारमा पुरूषले नेतृत्व गरेको पाईन्छ। त्यस कारण महिला र पुरूषको त्यति भेदभाव हुँदैन। थारुहरू आफ्नो नाममा भएको जग्गा जमिन आफ्नो छोरा नातिलाई नामसारी गरेर दिन्छ तर छोरीहरूलाई जग्गा जमिन प्राय दिंदैनन्। थारु समाजमा दाजुभाइ वंशको सबै भन्दा जेठो पाको मानिसलाई चाडवाडहरूमा मान सम्मान गर्ने चलन छ। केही खानेकुरा जस्तै जाँड, रक्सी, मासु र विभिन्न किसिमको रोटीहरू लिएर भेट्न जान्छन्।

गाउँमा समाजको विकाश तथा नेतृत्व गर्न जो कोही महिला पुरूष त्यो गाउँको नेता बन्न सक्छन् तर सक्षम भएमा नेतृत्वको लागि मरिहत्ते गर्दैनन्। धार्मिक कार्यको निम्ति बौद्ध मार्गीहरूले लामालाई उच्च धर्मगुरूको रूपमा मान्दछन् र जस मध्ये लामाहरूको पनि नेता चाहिं टिका लामा भन्ने पद हुन्छ। धर्मगुरू र ठूलाबडाहरूलाई हरेक वर्ष मुख्य चाडवाडहरूमा केही खानेकुराहरू लिएर भेट गर्न जाने चलन छ।

गाउँमा निर्णय लिंदा महिला पुरूष सबैले गाउँको मुख्य व्यक्तिहरूको सल्लाह अनुसार निर्णय गर्ने चलन छ। गाउँमा कुनै विकासको कार्यक्रम सञ्चालन हुँदा बाहिरबाट आएको पाहुना वा व्यक्ति महिला पुरूष दुबैलाई बस्न खानको लागि थारु संस्कृति अनुसार राम्रो व्यवस्था गरिन्छ। किनकी घरहरू ठूला ठूला हुन्छन् त्यति मात्र नभएर कुनैको त झन २ तला सम्म पनि हुन्छ। थारु समुदायमा आवश्यक पर्दा गाउँमा सहयोग सदभाव गरिदिने चलन पनि पाईन्छ।सामाजिक कामहरू बाटोघाटो, विद्यालय मर्मत तथा सार्वजानिक कामहरू जस्ता विभिन्न कार्यहरूमा श्रमदान गरिन्छ। गाउँमा कोही विरामी भएमा बोकेर अस्पताल पुर्‍याई दिने वा एम्बुलेन्स बोलाई दिने चलन रहेको छ। कुनै व्यक्तिको आर्थिक अवस्था कम भएमा आर्थिक सहयोग पनि गर्छन्।

बाहिरी जातिहरूसँग पनि थारुहरू राम्रो र भलाकुसारी सम्बन्ध राख्दछन्,आवश्यक परेको खण्डमा सहयोग सदभाव आदान प्रदान गर्छन्। थारु समुदायमा कसैलाई कारवाही गर्नु परेमा वहुमतीय प्रणालीबाट गर्ने चलन छ। घोषणा चाहिं गाउँका मुख्य व्यक्तिले वा मुखियाले गर्ने चलन छ।

थारुहरूले आफ्नो समुदायमा थारु र नेपाली भाषा दुवै प्रयोग गर्छन्। हाल नेपाली, मैथिली, भोजपुरी, तथा अंग्रेजी र अरू भाषा बोल्ने व्यक्तिहरू पनि पाईन्छन्। थारुहरूले पहिले पहिले आफ्नो केटाकेटीहरूलाई पढ्न लेख्न सिकाउने चलन थियो। शिक्षाको लागि कुनै पनि विशेष किसिमको व्यवस्था चाहिं थिएन तर घरमै शिक्षक बोलाएर पढाउने चलन थियो। पहिले पहिले थारुहरू साधारण रोगहरूको उपचार आफ्नै किसिमबाट गर्ने चलन थियो। प्राय जसो धामीझाँक्री र जडीबुटीको माध्यमबाट उपचार गर्ने गरिन्छ र कुनै ठाउँमा अझै पनि चलिरहेको छ। जस्तै: ज्वरो, रूघाखोकी, झाडापखला, आँखा पाक्ने, टाउको दुख्ने जस्ता रोगको उपचारको लागि झारफुक र जडीबुटीको प्रयोग गरिन्छ। तर हाल आधुनिक औषधी नै प्रयोग गर्दछन्।

थारुहरूको रहनसहन, ( जस्तै: काठ,पराल,र माटोले बनाएको घरहरू हुन्छन् रघना वस्ती ,संयुक्त परिवार आदि) ,भेषभुषा ( साडी [ अचरा र खोरकी ], धोती, चौवनी छोट, पेटिकोट, कुर्तासुरूवाल र गहनाहरूमा ठोकापात, हौंसुली, चुरा, हार , पायल, कुन्डल, लोईर आदि ) रीतिरिवाज ( जितिया, माघीसंक्रान्ति, होली, छठपर्व, तिहार, सामाचकेवा, गोठाले, नयाँवर्ष,डिहवार ग्राम देवता [ ब्रहम बाबा ] आदि ), भाषा ( थारु, नेपाली, अंग्रेजी, मौथली, भोजपुरी आदि ), संस्कृति कलामा ( पूर्वी नाच, झिरा नाच, जाटजाटीन नाच, धुमरा नाच, बरका नाच, चोरखेली नाच ,सामाचकवा नाच ) आदि रहेका छन्। प्राय: गरी, यादव, दनुवार, बातर, शाह, धोवी, ठाकुर, वि.क., राजवंशी सदाय ( मुशहर ) हरूको बसोबास नजिक रहेको ‌छ। अनि यी जाति समुदायहरू एक अर्कामा आफन्त जस्तै भावनामा पनि बस्दछ। विभिन्न संघ संगठन मधेशी, राई, लिम्बु, बाहुन सँग आबद्ध भएर संगठित गरिएको अवस्था पनि छ। विशेष गरी थारुहरू बाहिरबाट आएका पहुनाहरूलाई राम्रो र विकास प्रेमी ठान्छन्। पाहुनाहरूलाई खानपिनका लागि असल असल पकवान पकाएर स्वागत गर्दछन्।